Skip to content
Aside

गर्व एक अचम्मको अनुभूती

मान्छे बाँच्नलाई खानपिन र लवाईले मात्र नपुग्ने रैच। उसलाई खाइपिइ उपलब्ध भएपछि पनि अन्य कुराहरूको आवश्यकता पर्न थाल्छ। ती धेरै आवश्यकताहरू मध्येको एक रैछ- गर्व यानि आफूले आफैलाई ठुलो हो भन्ठानेर आफूप्रति सन्तुष्ट बन्ने भाव! धेरैजसोले गर्व र गर्भ एउटै उच्चारण पनि गरेको पाइन्छ। बास्तवमा गर्वले मान्छेलाई जिउने र रम्ने बल त दिन्छ नै साथसाथै केही बेफाइदाहरू पनि हुन्छ नै। म आफूमा धेरै गर्व गर्छु किनकि मैले जे गरेको छु राम्रो गरेको छ , जे गर्छ राम्रो गर्छु भन्ने स्वभाव भएका मान्छेहरू नि धेरै भटिन्छन। मलाई अचम्म लाग्छ कि कहिलेकाही यस्ता मान्छेहरू पनि भेट्छु जो सँग गर्व गर्नको लागि केही पनि शेष बचेको हुदैन तथापि उनीहरूमा पनि आफैप्रति गर्व त हुन्छ नै। उदाहरणका लागि – बाहुनलाई म त सबैभन्दा ठूलो जाति हुँ ,टाठोबाठो नि मै हुँ भनेर गर्व हुन्छ। क्षेत्रीयलाई म बलवान् छु, म कुशल छु भनेर गर्व हुन्छ। मगर ,गुरूङहरू हामी आदिवासी हाम्रो आफ्नै भाषासँस्कृति छ भनेर गर्व गर्छन्। दलितहरू पनि हामीले नै साँचो अर्थमा संसार चलाऊछौ भनेर गोरवान्वित भइरहेको हुन्छन। यति मात्र होइन उनीहरू अरूलाई अलिक सानै ठान्दछन् र आफूलाई एक खुड्किलो माथि भएको महसुस गरेर आत्मसन्तुष्ट बन्छन्। ठूला भनाउदाहरूमा भन्दा साना भनिएकाहरूमा गर्वको मात्रा र अनुभुति केही भिन्न र प्रशंशायोग्य हुन्छ। हामी नेपालीहरू नेपाली भएकोमा बहुत गर्व गर्छौ, अमेरिकनहरू अमेरिकन भएकोमा , अरूहरू अरू नै केही भएकोमा। तर अरूको कुरा छोडेर आफ्नै कुरा गर्दा हामी त बास्तवमा निराश हुनुपर्ने होइन र? आखिर बुद्ध र सगरमाथा बाहेक हामीसँग के नै छ र? हामी त सबैभन्दा पछाडि परेर पनि बिश्वकै भुक्का देशको सूचीमा परेर पनि अझै गर्व गरिरहेका छौ। हामी मात्र हैन अरूहरू पनि अति नै कमजोर भएर पनि गर्व त गरिरहेकै छन् । जिउनु एउटा कला हो भनी मान्नेहरूले गर्वपूर्ण जीवनलाई एउटा बाटोको रूपमा पनि चित्रण गर्न सक्लान्। तर गर्वको मात्रा चाहिए भन्दा बढी भयो भने के त्यसले बेफाइदा ननिम्त्याउला? अवश्य नै निम्त्याउनेछ। मानिलेउ- तपाइ एउटा डाक्टर हुनुहुन्छ र आफैलाई एकदमै अब्बल भएको महसुस गर्नुहुन्छ र नयाँ नयाँ प्रयोग र विधिहरू प्रयोग गर्न रूचाउनुहुन्छ। तपाइ आफू बढी बाठो महसुस गर्नुहुन्छ र कुनै बेला जटिल खाले अप्रेसन गर्न सक्छु भनेर गर्न थाल्नुभो भने तपैको अप्रेसन सफल नै हुन्छ भन्ने के ग्यारेण्टी।
अर्को उदाहरण लिऔं, तपाइ ट्युसन पढाउन माहिर शिक्षक हुनुहुन्छ , तपाइले आफूले पढाएका सबै विद्यार्थी सबै पास हुन्छन भनी ग्यारेण्टी दिनुभयो तर अझैपनि कोहि फेल हुनसक्ने सम्भावना त रहेकै हुन्छ किनकि परीक्षा तपाइले दिने होइन विद्यार्थीले पो हो त दिने त।
निष्कर्ष के हो भने हरेक व्यक्तिले गर्व त गर्नपर्छ तर गर्वको मात्रा त ठीक्कको हुनैपर्छ। आफ्नो ज्ञान अनुभव र सीपले जति ठेग्न सक्छ त्यति नै गर्व गरौं। धन्यवाद।